पर्वत, २६ साउन
मौसममा खराबी आएपछि पर्वत सदरमुकाम कुश्माबजारमा बुधबार दुईओटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।मुस्ताङको लेतेबाट पोखरातर्फ फर्कंदै गरेका मनाङ एअरका दुई हेलिकोप्टर बुधबार दिउँसो १२ बजे आकस्मिक अवतरण गरिएको हो ।
कुश्माबजारस्थित सशस्त्र प्रहरी बलको चन्डिका गणमा रहेको खेल मैदानमा हेलिकोप्टर अवतरण गराइएको हो ।
मनाङ एअरको ‘९ एनएलडी’ र ‘९ एनएलसी’ कलसाइन भएका हेलिकोप्टर मौसम खराबी भएकाले आकस्मिक अवतरण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिए ।
वर्षा र बाक्लो कुहिरोका कारण होलिकोप्टर आकस्मिक अवतरण गर्नुपरेको उनले जानकारी दिए । दुबै हेलिकोप्टरमा दुई–दुईजना नेपाली यात्रु सवार थिए ।
