तुलसीपुर २१ साउन ।  मैत्रीपुर्ण खेलका लागि तुलसीपुर योङ स्टार क्रिकेट क्लव थाईल्याण्ड जाने भएको छ । क्लबका क्याप्टेन रुपेश शर्माका अनुसार आउदो बडा दशैं लगत्तै क्लब खेलकालागि थाईल्याण्ड प्रस्थान गर्ने छ । क्लबले थाईल्याण्डको राष्ट्रिय टिम संग तीनवटा टि–२० म्याच खेल्ने अबसर प्राप्त गरेको हो ।

38_circket_salyan
फाइल तस्वीर

क्रिकेट यशोसियसन अफ थाईल्यान्डको महाप्रवन्धक खुर्रम गिलामीसंगको सम्पर्कका कारण क्लवले यो अबशर प्राप्त गरेको हो । मैत्रीपूर्ण खेलका लागि विदेश भ्रमण गर्ने पहिलो क्लव दाङ तुलसीपुरको योङ स्टार क्रिकेट क्लव मध्यपश्चिमकै पहिलो क्लव हुने क्याप्टेन शर्माको भनाई रहेको छ ।

मैत्रीपूर्ण खेल खेल्नका लागि थाईल्याण्ड प्रस्थान गर्ने टिमको घोषणा गर्न एक हप्ता जति समय लाग्ने टिम क्याप्टेन शर्माले जानकारी दिनुभयो ।।