काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । कार्कीलाई जिम्मेवारीबाट हटाएर सरकारले महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रहरी महानिरीक्षक स्तरको विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेर कार्कीलाई पठाएको हो।