कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किाइदिएको छ ।

आज विहान बाढीका कारण पुलको एउटा टावर भाँचिएपछि पुलको एउटा भाग पनि नदीमा बगेको छ । प्रहरीले बाढीका कारण पुलको भीमदत्त नगरपालिका १३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको जनाएको छ । २०६१ सालमा निर्माण भएको उक्त पुल भत्किएपछि झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली जाँदैछ ।