तुलसीपुर २० साउन ।  अन्तराष्ट्रिय जडिबुटि दिवस तथा आजार्य बालकृष्णाको ४५ औ जन्म दिन दाङमा पनि एक कार्यक्रम गरि मनाईएको छ । पतन्जली योग समिती तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो ।

13936555_584110501776881_32114095_nसमिती दाङका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा अञ्चल प्रभारी देबराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उशा डाँगीले जडिबुटिका फाईदाका बारेमा जानकारी गराएकी थिईन् । त्यस्तै प्रमुख अतिथि आचार्यले लहरे , गर्जै , घ्यू कुमारी र तुलसी अत्यन्त लाभदायी भएको बताए ।

कार्यक्रममा जिल्ला महिला प्रभारी लक्ष्मी ओली , समितिकी जिल्ला सदस्य लिना श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
आशा कुमारी देबकोटाले स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण योग समितीका महामन्त्री बिनोद चौधरीले गरेका थिए ।