काठमाडौँ, २० साउन । आफु बिरुद्ध नारा लगाउदै हिडेको आरोपमा पक्राउ परेका ब्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छोडिदिन प्रहरीलाई आग्रह गरेकाछन ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै हिजो बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेका खत्रीलाई छोडिदिन प्रचण्डले आग्रह गरेकाहुन ।
प्रधानमन्त्री दाहालका तर्फबाट उहाँका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गरेकाथिए ।
