
काठमाडौं । इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ ।
अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो ।
तर अर्जेन्टिनाले लगातार दबाब बढाउँदै खेलको ८५ औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिना फाइनलमा पुग्यो ।










