काडमाण्डौ, २० साउन
विदेशिने नेपाली महिला कामदारको संख्या घट्दो दरमा देखिएको छ । बितेको आर्थिक वर्षमा पनि वैधानिक रुपमा कामका लागि विदेशिने महिलाको संख्या घटेको छ । आर्थिक वर्ष २०७१÷७२ को तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा १३ प्रतिशतले कमी आएको हो । 
योभन्दा अघिल्लो आर्थिक वर्ष २०७०÷७१ विदेशिने महिला कामदारको संख्या २४ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७१÷७२ मा २२ हजार २८ जना महिलाले वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्विकृति लिएका थिए । तर, गत आर्थिक वर्षमा यो संख्या झण्डै ३ हजारले घटेर १९ हजार ३ सय ७ मा झरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
समग्रमा वैदेशिक रोजगारीमा जानेहरु घट्दा महिलाको संख्यामा पनि प्रभाव परेका छ । त्यस्तै सरकारले घरेलु महिला कामदार लैजान केही समय बन्द गरेकाले पनि संख्या घटेको वैदेशिक रोजगार विभागको अनुमान छ । यसैविच, गत आर्थिक वर्षमा सबैभन्दा धेरै महिला खाडी मुलुक युएई गएका छन् ।।











