काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १० प्रतिशतले बृद्धि गरेको छ ।
बजेटमा कर्मचारीहरूले १० प्रतिशत कार्यसम्पादन प्रोत्साहन भत्ता र साविकको ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।
बजेट भाषणमा अर्थमन्त्री वाग्लेले पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि नभएको र महंगी १७ दशमलव ३ प्रतिशतले बृद्धि भएकाले मर्यादित जीवनयापत्रका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने महशुस गरेको बताए । कर्मचारीले पाउँदै आएका थप दुई व्यवस्थासहित कर्मचारीको तलब करिब २१ प्रतिशतले बढ्ने छ ।











