काठमाडौं । आज १९ औँ गणतन्त्र दिवस । नेपाली जनताको सङ्घर्ष र बलिदानबाट स्थापना भएको यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए।
त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।











