रुपन्देही । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीसँग सुरक्षा अवस्थाबारे जानकारी लिँदै कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी हुन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा देशका केही ठाँउमा छिटपुट घटना हुने क्रम बढेपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अवस्थाबारे चासो लिँदै चुनाव बिथोल्न खोज्नेहरुको पहिचान गर्दै निर्वाचन केन्द्रित सुरक्षामा केन्द्रित रहन निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले पार्टीमा लाभ लिनका लागि केही तत्त्वले निर्वाचन बहिष्कार गर्ने हल्ला गर्ने गरेको बताउनु हुदै यस्ता समूहको कडा निगरानी गर्नुपर्ने बताइन् ।