सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगंगा नगरपालिका—५, गेरवानीकी ५७ वर्षीया गंगा सारूको ज्यान गएको छ ।
सारू मंगलबार बिहान ८ बजे घरबाट सकैलाई खबर नगरी जंगलतिर निस्केको र बुधबार बिहान भने उनका दुई नातिनीले बाख्रालाई घाँस काट्न सालघारी गएका बेला गंगाले लगाएका कपडा र चप्पलसहित रगतका टाटा देखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पछि खोजतलास गर्दै जाँदा त्यो भन्दा करिब ६०० मिटर पूर्वतर्फ गंगाको टाउको पनि भेटिएको थियो । खोज तलासको क्रममा टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ गंगाको शरीरका अन्य भागहरू फेला परेको प्रहरीले जनाएको छ ।











