काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि मात्रै मतदान हुने भएको छ ।
पार्टी निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ ।
चुनावमा विद्युतिय मेसिन प्रयोग गर्न लागिएको र यसमा नाम इन्ट्रि गर्नका लागि समय लाग्ने भएकाले साँझ ७ बजेबाट मात्रै मतदान हुने बताइएको छ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।











