सप्तरी । सप्तरीमा अज्ञात व्यक्तिको गोली हानेर मन्दिरका पुजारीको हत्या गरेका छन् । शनिबार राति बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० वर्षीय रामदुलार साहको गोली हानी हत्या गरिएको हो ।

आफ्नो कुट्टीमा एकलै बस्दै आउनुभएका पुजारी साह शनिबार राति करिब २ः१५ बजे कुट्टी अगाडि रहेको बाटोमा पाँच मिनेट गरिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।

साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडबाट निष्किएको छ । गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।