कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी इन्चार्ज सुरेन्द्र बोहरा परेका छन् । नगर प्रहरी सहायक निरीक्षक (असइ) बोहरा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।