दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । पूर्ण खोप, सुनिश्चित भविष्य स्थानीय स्रोतको उपयोग, स्वामित्व सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले मंगलबार घोषणा सभा आयोजना गरेर पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले सबैको सहयोगले घोराहीलाई पूर्ण खोप सुनिश्चित गराउन सफल भएको बताए । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकी प्रमुख राधा पौडेलले पूर्ण खोप सुनिश्चित्ता घोषणाको विषयमा प्रकाश पारिन् ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकाले खोप सुनिश्चित्तामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताए । त्यस्तै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा आफूहरूले विशेष प्राथमिकता राखेर काम गरिरहेको बताए ।











