काठमाडौं । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचारपछि प्रदेश सरकारले एक महिनासम्मका लागि नियमावली कार्यान्वयन स्थगन गरेको हो ।

सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।