काठमाडौं । देशभर पश्चिमी वायुको सामान्य प्रभाव परेका छ ।

पश्चिमी बायुका कारण पहाडी भेगहरुमा आंशिक बदली रहेको छ भने तराई र उपत्यकाका थोरै ठाउँहरुमा हुस्सु लागेको छ । दिउँसो र राति सबै ठाउँको मौसम सामान्यतया सफा रहने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्दा चिसो बढेको छ भने दैनिक जनजीवनमा प्रभाव परेको छ । अबको तीन दिन पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।