दाङ । दाङको घोराही–लमही सडकखण्ड अन्तर्गत सिस्ने खोला नजिकै बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
जसमा ९ जनाको अवस्था सामान्य र१३ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।
बुटवलबाट तुलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोला नजिकै दुर्घटना भएको हो । बसमा २७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।












