इन्द्रेणी संवादताता
पहिले-पहिले केही सिजनल समयमा डेंगु संक्रमण देखिदै आएको नेपालमा अब बाह्रै महिना डेंगुको जोखिम छ । नेपालमा करिव पाँच वर्ष पहिले जेठदेखि कार्तिक महिनासम्म डेंगुको जोखिम हुन्थ्यो अर्थात यी महिनाहरुमा डेंगुको संक्रमण भएको पाइन्थ्यो । तर सन् १०१९ देखि नेपालमा बाह्रै महिना डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले सन् २०२२ अघिको तथ्यांक मासिक रूपमा छुट्याएर राखेको छैन । त्यसयता भने अहिलेसम्म साढे दुई वर्षमा हरेक महिना डेंगु संक्रमणका नयाँ केस देखिएको तथ्यांक छ ।

महाशाखाका अनुसार सन् २०२४ मा अहिलेसम्म ६ महिनामै डेंगु संक्रमणका नयाँ बिरामी देखिएका छन् । जनवरीमा २४३, फेब्रुअरीमा १७३, मार्चमा २००, अप्रिलमा २१५, मेमा २५० र जुनमा १८७ केस देखिएका हुन् ।

नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगुको संक्रमण देखिएको थियो । एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । मनसुनी मौसममा सफा पानीमा फुल पारेर फैलिने यो जातको लामखुट्टे बाह्रै महिना सक्रिय मात्रै भएको छैन, चिसो हिमाली क्षेत्रसम्म पनि पुगेको विज्ञहरु बताउछन् ।