इन्द्रेणी संवाददाता
दाङ, १० कार्तिक । शौचालय गर्ने क्रममा चिप्लिएर लेसनायकको ज्यान गएको छ ।
दाङको अर्जुन खोला आर्मी ब्यारेकमा कार्यरत ३० बर्षीय सितल थापाको ब्यारेक नजिकै रहेको शौचालयमा शौच गरेर फर्कने क्रममा चिप्लिएर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी गराएको छ ।
मृतक लेसनायक मध्य नेपाल नगरपालिका वडा नम्बर ९ घर भइ दाङको अर्जुन खोला आर्मी ब्यारेकमा कार्यरत थिए ।