घोराही । सामाविक अभियान्ता बिमला योगी राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएकी छन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगी चन्द्रलोक प्रतिष्ठान काठमाडौँबाट राष्ट्रिय नारी सम्मान २०७९ बाट सम्मानित भएकी हुन् ।
वि.स. २०४६ देखी महिला, बालबालिका र युवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि क्रियाशील योगीलाई प्रतिष्ठानले नेपालको मेरुदण्डको रुपमा रहेको आर्थिक क्षेत्र र त्यसलाई विधिसंगत रुपले व्यवस्थापन गर्ने एवं नागरिकको बचत गर्ने बानीको विकास र प्रवद्र्धन गर्ने कार्यमा सक्रिय रही आर्थिक विकासको क्षेत्रमा सक्रियतापूर्वक लागेर सेवाभाव र निरन्तरताको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो । सामाजिक कार्यत्रमा अत्यन्तै निष्ठा र समर्पणकासाथ विभिन्न क्षेत्रमा आफूलाई निष्ठापूर्वक नेपाली समाजमा समर्पित गराउदै आउनुभएको भन्दै उनलाई सम्मान रिएको हो ।
२०२५ साल वैशाख २२ गते वुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जन्मिएकी योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक ह्ुन् ।











