दाङ । दाङको तुलसीपुरमा खाना पकाउने ग्याँसको सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –१६ को लहलौरामा रहेको कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने क्रममा ग्याँस पड्किदा स्थानीय ५० बर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका –५ निवासी २९ बर्षीय आशिष् खनाल घाइते भएका हुन् ।

घाइते केसीको कम्मर मुनिको भाग धेरै जलेका कारण स्वास्थ्य गम्भीर रहेको छ । घाइते केसीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

अर्का घाइते खनालको दुवै हात र खुट्टा जलेका छन् । खनालको अवस्था खतरामुक्त रहे पनि घाइते आफैले चितवनमै उपचार गर्ने भने पनि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले बताएको छ ।