??????????? ???????? ????????? ???????????? ????????? ??? ?????? ?????? ?????? ??????? ??? ????????? ? ?????? ???? ?????,????

धनवगढी । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिममा कांग्रेसले सरकार बनाएको छ । जसअनुसार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहीले शपथ लिएका हुन् ।

रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । रावलले हिजो मात्रै प्रदेश सभाबाट विश्वासको मत पाएका थिएनन् ।

त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनीहरूले पनि आजै प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।