घोराही । घोराहीको गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।
उपमहानगरपालिका १७ चौघेरास्थित गोरखनाथ वैदिक गुरुकुलमा आगलागी बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएको छ ।
बिहान करिव तीन बजे तिर आगलागी भएको थाहा पाइएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको मठले जनाएको छ ।
बटुकको आवास तथा भोजनालय रहेको हल कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएको जानकारी भएपछि प्रहरी बटुक, साधु सन्त, दमकल तथा स्थानीय मिलेर आगो नियन्त्रणमा ल्याइएको थियो । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आएका छन् ।











