सप्तरी, ४ माघ। केही दिनदेखि बाक्लो हुस्सुसहित शीतलहर चल्दा सप्तरीमा चिसोले कठ्यांग्रिएर पछिल्लो तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकामा अत्यधिक चिसोका कारण एक–एक जनाको मृत्यु भएको हो ।
शितलहरका कारण अत्यधिक चिसो बढेसँगै गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । पुस २५ गते अग्निसाइर कृष्णासवन गाउँपालिका( ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पनि चिसोका कारण मृत्यु भएको थियो । उनीहरु दुवै जना राति खाना खाएर सुतेपछि न्यानो लुगाको अभावमा राति नै चिसोका कारण ज्यान गएको आफन्तहरुले बताएका छन् ।
त्यस्तै पछिल्लोपटक चिसोका कारण ४७ वर्षीय प्रेम यादवको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका( २, जमुनी टोलका यादवको भने प्रहरीले पनि जाडोकै कारण मृत्यु भएको पुष्टि गरेको छ । केही दिनदेखि देशभर अत्यधिक चिसो बढेको छ ।











