
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत आज लिन लागेको विषयलाई छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेकोले के गर्ने भन्ने विषयमा आज संसदीय दलमा छलफल गरी निर्णय गर्ने तयारीमा कांग्रेसको छ।
कांग्रेसभित्र प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने आवाज पनि उठेको छ भने रचनात्मक समर्थनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषय पनि र्चामा छ । पहिलेको सत्ता गठबन्धन तोडेर एमालेसँग गएर नयाँ सरकार बनाएकोमा काग्रेस प्रचण्डसँग चिडिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीले पनि दाहाललाई विश्वासको मत दिने नदिने बारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ ।










