काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काभ्रे २ बाट निर्वाचित गोकुल बास्कोटाले प्रतिगमन पराजित भएको बताएका छन् ।

नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने भएपछि उनले फुट र प्रतिगमनको दुवै पराजित भएको बताएका हुन् ।

उनले बिस्तारै विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रहेको बताए । ‘चोटपछि चेत यसरी नै आउने हो,’ बास्कोटाले भनेका छन् ।