चितवन, २८ मंसिर । चितवनको एक रिसोर्टमा बिहे भोज खाएर २०० जनाभन्दा बढी बिरामी परेका छन् । भोज खाएकाहरु विरामी भएपछि चितवन गार्डेन रिसोर्टमा शील गरएको छ ।

रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी २०० बढी एकै पटक बिरामी परेपछि सो रिसोर्ट शील गरिएको हो । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए ।

बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई हस्पिटलमा भर्ना हुन आग्रह गरिएको छ ।