इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । दाङ क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी आफ्ना प्रतिस्पर्धी भन्दा ५ हजार ४ सय बढी मतले विजयी भएका छन् ।
चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरे । चौधरीलाई सत्ता गठबन्धनको समर्थन थियो भने यस क्षेत्रमा नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।











