राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेको डा. तोशिमा कार्कीले मतदान गरेकी छन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी डा. कार्कीले सोही क्षेत्रबाट मतदान गरेकी हुन् ।निर्वाचन आयोगले उनको मनोनयन खारेज गरेपछि सर्वोच्च अदालतले डा. कार्कीको उम्मेदवारी सदर गरेको थियो ।

उनले आज बिहान ललितपुर महानगरपालिका-१८ मा रहेको रत्नज्योति परिवार महिला भवनको मतदान केन्द्रबाट मतदान गरिसकेपछि भनेकी छन् ‘रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ ।’ उनले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताइन्।यस निर्वाचन क्षेत्रबाट ७ स्वतन्त्रसहित २० उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ती मध्ये सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल र डा. कार्कीको तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दुई पटक ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेकी पम्फा भुसालले तेस्रो फटक सोही क्षेत्रबाट उम्मेदवार बनेकी छन् ।











