मोरङको बुढिगंगा गाउँपालिका-७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय राजेश सरदारलाई कात्तिक १८ गते राति प्रहरीले पक्राउ गरेको छ ।

Open photo

बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसमा बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो ।