काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक श्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् ।  सोमवार काठमाडौं – २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

 

 

 

Open photo

सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए । उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने

Open photo

भन्दै आसन्न निर्वाचनमा सत्तागठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले काठमाडौं- २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए ।उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुने  बताए ।

उनले भने, ‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तिब्रता ल्याउन साथ दिनसक्ने, तपाईको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननिय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस् ।’‘यहाँ निर्वाचन क्षेत्र विकास गर्नको लागि प्रशस्त ठाउँ छ । साँखु शहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ ।

राम्रो उम्मेदवार गठबन्धनले प्रस्तुत गरेको छ, सोचेको भन्दा बढी काम गर्नुहुन्छ । यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ । पानीको लागि हामीले अब काठमाडौंमा जित्नेहरुले वैकल्पिक पानीको श्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ । हामी त्यसका काम गर्नेछौँ ।

No description available.