श्रीमान् (शंकर क्षेत्री) सँग सम्बन्ध विच्छेदपछि लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले आफूलाई अझै सामान्य बनाउन सकेकी छैनन्। एक छोरीका अभिभावक उनीहरूले यही कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर ‘डिभोर्स’ गरेका हुन्।

Open photo

श्रीमानले सम्बन्ध विच्छेद गर्न आग्रह गरेदेखि सञ्चारमाध्यमलाई रुँदै अन्तर्वार्ता दिइरहेकी जेरीले आफ्नो पीडा पोख्न अझै छाडेकी छैनन्। उनको आँसु अझै थामिएको छैन भन्ने कुरा उनले हरेक दिनजसो फेसबुकमा लेख्ने स्टाटसले पनि बताउँछन्।

Open photo

उनले पछिल्लो स्टाटसमा आफूले चोट सहन सके पनि बच्चाको कुराले आँसु झर्ने गरेको बताएकी छन्। यस क्रममा उनले भगवान्‌सँग आफूलाई ढुंगा बनाइदेऊ भनेर पुकारा पनि गरेकी छन्।

No description available.