सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन। गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी कार्यक्रममा उनले दुई नेता मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने पनि बताएका छन्।

Open photo

उनले दुर्गम र जटिल भौगोलिक संरचना रहेको उत्तरी गोरखाको विकासलाई आफूले विशेष प्राथमिकता दिने पनि बताएका छन्। मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको पनि उनले बताएका छन्।  प्रचण्डले गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका दुवै उम्मेदवारलाई जिताउन पनि अपिल गरेका छन्।

Open photo

‘गोरखा क्षेत्र नम्बर मा प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेश सभा ‘ख’ मा कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई जिताउनुस्’, उनले भने, ‘उहाँहरुलाई संघ र गण्डकी प्रदेशमा मन्त्री बनाउन म पनि भूमिका खेल्छु। कांग्रेस सभापति शेरबहादुर देउवासँग यसबारे कुरा गर्छु।’

उनले यी दुवैजनालाई जिताएपछि मन्त्री बनाएर गोरखा १ को विकासलाई तीव्रता दिइने पनि बताए। दाहालले अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही नभएको पनि जिकिर गरेका छन्। No description available.