काठमाडौं । चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ बन्ने भएको छ । षट्कोण आर्ट्सले आफ्नो पाँचौं प्रोजेक्टको रुपमा यो फिल्मको निर्माण तयारी थालेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले जानकारी दिए ।

ओएसनेपालसँगको कुराकानीमा निर्माता बानीयाले भने षट्कोण आर्ट्सले महाजात्रासहित अन्य तीन प्रोजेक्टमा काम गरिरहेको छ तर ‘कुन प्रोजेक्ट अघि जान्छ भन्ने कुरा तत्काल निधो छैन, तर महाजात्रा बनाउने हाम्रो तयारी हो ।

जसको निर्देशन पनि निर्देशक प्रदीप भट्टराईले नै गर्नुहुनेछ उनले भने । हाल ‘महाजात्रा’ को पटकथा लेखन कार्य भइरहेको उनले बताए । सन् २०१६ मा जात्राको पहिलो श्रृंखला रिलिज भएको थियो भने सन् २०१९ मा दोस्रो श्रृंखला ‘जात्रैजात्रा’ ।

प्रदीप निर्देशित पछिल्लो फिल्म ‘महापुरुष’ले अहिले घरेलु बक्स अफिसमा लोभलाग्दो ब्यापार गरिरहेको छ । फिल्मले ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको निर्माण टिम बताउँछ ।