डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका
अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार संक्रमण पुष्टि हुनेमध्ये करिब ८५ प्रतिशत १० जिल्लाका छन्
। डेंगुबाट बढी प्रभावित जिल्ला काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत हुन् ।
#डेंगु / डेंगु ज्वरो बाट बचौं र बचाऔँ
( याद गर्नुहोस यो लामखुट्टेले दिनमा मात्र तोक्ने गर्दछ )
१. उच्च ज्वरो
२. टाउको दुख्नु
३. वाक वाक लाग्नु
४. पेट दुख्नु
५. बान्ता हुनु
६. जिउ, मांसपेशी दुख्नु
७. पखाला लाग्नु
८. गिजाबाट हल्का रगत बग्नु
९. शरीरमा बिमिरा आउनु
> डेंगु वा डेंगु ज्वरो को ठ्याक्कै उपचार छैन तर त्यसको लक्षण को उपचार गर्न सकिन्छ.
> ज्वरो घटाउन सिटामोल र प्रसस्त मात्रामा झोलिलो पदार्थ पिउने.
> माथिको लक्षणहरु देखिएमा ढिलो नगरी अस्पतालमा जाने.
#रोकथाम/बच्ने उपाय:
१. पानी जम्न नदिने र पानी भएको भाँडाहरु छोपेर राख्ने
२. झुल वा स्प्रे को प्रयोग गर्ने
३. फुलबाहुले वा शरीर छोपिने लुगा लगाउने
४. लामखुट्टे मार्ने औंसधि छर्ने










