काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् ।बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।

चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । उनले फेसबुक पोस्टमा  भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् ।