चितवन, १८ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । अघिल्लो राती ११ बजेबाट बन्द भएको उक्त सडकखण्ड बल्लतल्ल २३ घण्टापछि संचालनमा आएको थियो । तर सञ्चालनमा आएको साढे चार घण्टापछि पुनः अवरुद्ध भएको हो । ।
सोमबार राती ११ बजे देखि बन्द भएको सडक मंगलबार राती ९:४० बजेतिर संचालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथीबाट लेदो सहितको पहिरो खसेर अहिले पुनः दुबैतर्फ सडक अवरोध भएको छ । बाटो खुलाउने पहल भइरहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।











