बाजुरा, २४ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा विहीबार भएको पालिका चुनावको मतगणना आजदेखि सुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले ।
हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति गरेको कडायतले जानकारी दिए । बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।











