काठमाडौं, १८ पुस । नेतृत्व चयनमा सहमतिको थप गृहकार्य भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ ।
महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थागित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेबाट लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।
छलफल आइतबार ११ बजे स्थायी कमिटी बैठकअगाडिसम्म जारी रहने नेताहरूले बताएका छन् ।
आज बिहान ११ बजे बस्ने स्थायी कमिटीले सबै प्रदेशबाट आएका नामहरूमा छलफल गर्ने र १ बजे सुरु हुने बन्दसत्रको हलमा केन्द्रीय कमिटीको सूची प्रस्तुत गर्ने तयारी छ ।











