काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ ।

खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । मप्रतियोगितात्मक परीक्षामा जिल्ला स्तरमै प्रतिस्पर्दा हुने आयोगले जनाएको छ । निम्न माध्यमिक र माध्यमिक तहको यस अघि नै आयोगले विज्ञापन खोलिसकेको छ ।

https://tsc.gov.np