इन्द्रेणी संवादाता
दाङ, ४ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

महासंघले अकिल–टुकादेपी स्मृति पत्रकारिता पुरस्कारबाट सविन प्रियासन, उमा–चन्द्र–गीता–हरि स्मृति पत्रकारिता पुरस्कारबाट लिला शाह, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट जे.एन. सागर र दिपक भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट भुपेन्द्र वलीलाई पुरस्कृत गरेको छ ।

त्यसैगरी वर्ष उत्कृष्ट पुरस्कारबाट दामोदर वस्नेत ‘राकेश’, महिला सिर्जनशील पत्रकारिता पुरस्कारबाट सरिता चौधरी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कारबाट लीलाधर वली, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट प्रेम विश घर्ती, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट पाण्डव शर्मा, दुर्गा–टिका स्मृति पत्रकारिता पुरस्कारबाट सविता चौधरी, शालिकराम समाजिक सेवा पत्रकारिता पुरस्कारबाट जितबहादुर चौधरी, टिका–नन्द प्रतिभा पुरस्कारबाट जनक नेपाली, देवकी–नारायणी स्मृति पत्रकारिता पुरस्कारबाट देव यादव र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट विरेन्द्र गिरीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी मरणोप्रान्त सम्मानबाट स्व. पत्रकार दामोदर अधिकारीका श्रीमती विमला ज्ञवाली अधिकारी, लक्ष्मण वस्नेतकी श्रीमती खिमा बोहरा वस्नेत र हेमप्रकाश वलीकी श्रीमती सञ्जिता डिसी वलीलाई सम्मान गरिएको छ । त्यस्तै जिल्लाका ३ वटा सञ्चारमाध्महरुलाई सम्मान गरिएका थियो भने दिवसको अवसरमा रक्तदान गर्नेहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

दिवसको अवसरमा पुरस्कृत एवं सम्मानित हुनेहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमलगायतका अतिथिहरुले सम्मान तथा कदर पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, महासंघ दाङका सल्लाहकारहरु सुदीप गौतम, सविन प्रियासन, लक्ष्मी आचार्य, पूर्वअध्यक्षहरु सुशील गौतम,  केएल पीडित, संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचा गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, डिएसपी मुकुन्द रिजाल, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष सक्तिराम डाँगीलगायत शुभकामना व्यक्त गरेका थिए ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष वसुन्धरा गौतमले गरेकी थिइन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष सन्तोष सुवेदीले गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव आरके शितलले गरेका थिए ।