इन्द्रेणी संवाददाता
दाङ, ३० कार्तिक । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल दाङले स्थानीय पालिकाहरुमा पनि शाखा विस्तार थालेको छ । सोही अन्तर्गत सेन्टरले तुलसीपुर शाखा गठन गरेको छ ।
आज मंगलवार गठन गरिएको शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश), उपाध्यक्षमा दीपक बोहरा, सचिबमा विकास डाँगी, सहसचिवमा सुमन केसी र कोषाध्यक्षमा भागवत भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा राजेश ओली (रुद्र), मदन बिक (मुस्कान), देबराज कडेल, झरना केसी, बिशाल परियार, गोपाल गिरी र इश्वर बिसी रहेका छन् ।











