दाङ, २९ कार्तिक । दाङको सिसहनिया उद्योग बाणिज्य संघको अध्यक्षमा पुर्णबहादुर बुढाथोकी चयन भएका छन् । आइतवार सम्पन्न सातौं साधारणसभा एवं तेस्रो अधिवेशनले अध्यक्षमा बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी अधिवेसनले बाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) र उद्योग उपाध्यक्ष युवराज सेनलाई चयन गरेको छ । संघको महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिमबहादुर चौधरी र सदस्यहरुमा गिरबहादुर ज्ञवाली, निमराज चौधरी, जीवन अधिकारी, बसन्ता डिसी, रामबहादुर चौधरी र प्रसान्त बसेललाई सर्वसम्मत चयन गरेको छ ।











