काठमाडौं, २८ कार्तिक। नेपालमा पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी कुल ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा पछिल्लो २४ घण्टामा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ । यसैगरी सो अवधिमा ३४८ संक्रमणमुक्त भएका छन् ।











