इन्द्रेणी संवाददाता
जाजरकोट, २९ भदौ । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोट लगिएको छ । दुई जनाको अवस्था गम्भिर रहेको अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।











