इन्द्रेणी संवाददाता
अर्घाखाँची, १९ भदौ। अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दश जना घाइते भएका छन् । काठमाडौबाट आउदै गरेको बा ३ ख ८६३९ नम्वरको जीप आज विहान सीतगंगा नगरपालिका ३ बरबोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर अन्दाजि २९ वर्षको एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको ठाडा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा सनपा ११ का समीक्षा शाह, सनपा २ की सीता मुखिया, मालारानी ५ का गंगाबहादुर पन्थी, सनपा १ का श्यामबहादुर नेपाली, सनपा १२ का गोविन्द बस्याल, सप्तरी जिल्लाका रोहितकुमार शाह, भूनपा १ का लोकबहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेको बताइएको छ ।











