काठमाडौं, ८ भदौ । केपी शर्मा ओली पक्षले १० बुदे सहमति कार्यान्वयन गर्न तयार रहेको भन्दै गर्दा नेता माधवकुमार नेपालले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् ।
नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको नेपालले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका छन् ।
यसअघि पटक(पटक बेइमानी भएको भन्दै नेता नेपालले अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता समेत गराइसकेका छन् ।











