तिर्थराज ज्ञवाली
देउखुरी, २५ साउन । राप्ती गाउँपालिका अपाङ्ग समन्वय समितिको बैठकले सबैखाले शारीरिक अङ्ग वा प्रणालीमा समस्या भएकाहरुलाई सम्पर्कमा आउन आब्हान गरेको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष तथा अपाङ्ग समन्वय समिति संयोजक जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा बसेको नियमित बैठकले राप्ती क्षेत्रमा रहेका भएका शारीरिक अङ्ग वा प्रणालीमा समस्या भएकाहरुलाई परिचय पत्र लिई विभिन्न सेवा सुविधा प्राप्त गर्न आब्हान गरिएको छ ।
राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ्ग तथा जेष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी प्रमुख प्रशासकिय असधकृत शोभाराम रिजाल, चिकित्सकद्धय रेगन सिंङथापा, पुष्प भुसाल लगायतको सहभागिता रहको थियो ।
अपाङ्ग समन्वय समितिको बैठकले हालको कार्यसमितिको पदावधि सम्पन्न भएकोले कार्यसमिति हेरफेर समेत गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची दफा ३ को उपदफा १ सँग सम्बन्धित रहेर कार्यसमिति गठन गरिएको हो ।
बैठकले राप्ती क्षेत्रमा रहनु भएका शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव ९हेमोफिलिया० सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता तथा बहुअपाङ्गता भएकाहरुले वडा कार्यालयमा सम्पर्क गरि चिकित्सकको सल्लाह अनुसार अपाङ्गता बगीकरण पहिचान गर्न अनुरोध गर्दै अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण रहे बमोजिम गाउँपालिका बाट परिचय पत्र र सेवा सुविधा लिन सकिने छ ।
जसमा पूणर् अशक्त अपाङ्गतामा आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति, अति अशक्त अपाङ्गताः वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति, मध्यम अपाङ्गताः भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति, सामान्य अपाङ्गताः सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति गरि बर्गीकरण समेत गरिएको छ ।











